काठमाडौं । धरानका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई घोचपेच गर्दे पुन: अर्को स्टाटस लेखेका छन्।

हिजो बेलुकीदेखि बालेनलाई लक्षित गर्दै काठमाडौंको फोहोर आफू आएपछिमात्र उठाउन सुरु गरेको स्टाटस लेखेका थिए। उक्त स्टाटसमा बालेनले टिप्पणी गरेपछि आजसम्म पनि स्टाटस भाइरल नै बनेको छ।

advertisement

यद्यपी हर्कको बालेनविरुद्ध स्टाटस लेख्ने क्रम भने रोकिएको छैन। उनले फेरि लेखेका छन्, ‘फोहोर सम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा! फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है! हावा गफ होइन काम चाहिएको छ जनतालाई!’

केही दिनअघि काठमाडौं आएर फर्किएका मेयर साम्पाङले बालेनविरुद्ध स्टाटस लेखिरहेका छन्। कतिपयले हर्कले स्वतन्त्र भएर जितेको मान्छेले स्वतन्त्र मेयरलाई नै साथ नदिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति समेत जनाएका छन्।

 

प्रकाशित मिति: २ भाद्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com