काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा विवादका कारण मतदान प्रक्रिया अवरुद्ध भएको छ।

दलका प्रतिनिधिहरूबीच भनाभन र विवाद भएपछि बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालयमा स्थापित मतदान केन्द्रमा मतदान अस्थायी रूपमा रोकिएको हो।

उक्त नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो।

विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख घटनास्थलमै पुगेर छलफल तथा समन्वयमार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com