झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो दलले बहुमत ल्याउने दाबी गरेका छन्।

गृहनगर झापाको दमकमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनको पक्षमा जनता नभएको दाबी गरे ।

advertisement

उनले जतिसुकै दलले गठबन्धन गरे पनि उनीहरुविरुद्ध एमाले एक्लै लड्न सक्षम रहेको बताएका छन्। ओलीले गठबन्धनलाई भ्रष्टहरुको गठजोडको संज्ञा दिँदै जनताले उनीहरुलाई निर्वाचनमा ठेगान लगाउने जिकिर गरे । ओलीले पार्टीले बहुमत ल्याउने र आफू फेरि सिंहदरबारको मुल ढोकाबाट छिरेर प्रधानमन्त्री हुने दाबी गरेका छन्।

अहिलेको सत्तागठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने दाबी गरेका अध्यक्ष ओलीले गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरु पराजित हुने जिकिर गरे।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेपछि गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले चुनावपछि एमालेको सरकार बन्ने बिश्वास व्यक्त गरेका छन्। जनताले भ्रष्ट नेताहरुको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने बताउँदै ओलीले चुनावपछि एमालेकै सरकार बन्ने दावी गरे।

प्रकाशित मिति: ४ भाद्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com