काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा भएको चुनावी कार्यक्रममा भक्कानिएका छन्।

शुक्रबार गोरखामा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा गोरखा-२ बाट आफूले उम्मेदवारी दिनुको कारणबारे प्रस्ट्याउने क्रममा उनी भावुक बनेर भक्कानिएका हुन्।

advertisement

कम्युनिष्ट आन्दोलनमा विचलन आउँदै गर्दा चीनमा माओ त्सेतुङ चिनकासाङ फर्किएको भन्दै उनले माओवादी आन्दोलनमा विचलन आएपछि आफू पनि सुधारको उर्जा बोक्न गोरखा आएको बताए।

‘माओ त्सेतुङ आन्दोलनका निम्ति उर्जा बटुल्न चिनकासाङ फर्किनुभएको थियो। म पार्टीको पहिलो हेडक्वाटर रहेको गोरखा फर्किएँ,’ उनले भने। त्यो क्रममा उनी केहीबेर भक्कानिएका थिए।

 

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com