काठमाडौं । राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नौ अर्ब भष्ट्राचारको आरोप लगाएका बाबुराम भट्टराईले उक्त सूचना गलत रहेको बताएका छन्।

शनिबार गठबन्धन दलले आयोजना गरेको चुनावी कार्यक्रममा सहभागी नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले भने ‘बूढीगण्डकीका विषयमा पहिले (त्यतीबेला) केहीकुरा आएको थियो, केही विषय पनि बाहिर आयो तर त्यो गलत सूचना आएको रहेछ।’ भट्टराईले अब बूढीगण्डकी परियोजना अघि बढ्नेमा आफू आशावादी भएको बताए।

advertisement

लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने ‘बाबुरामजिले बुढीगण्डकीको विषयमा एउटा कुरा सुनेको थिएँ भन्नुभयो, तपाईंलाई गलत सूचना दिएको रहेछ, कसैले एकचोटी भेरिफाई गर्नुहोला।’

दाहालले यस्तो बताएलगत्तै मञ्चमा बसिरहका भट्टराईले थपे ‘नेपालले नै बनाउने भएपछि अहिले यो सच्चियो नि।’ उनको यो प्रतिक्रियाले प्रशिक्षणमा सहभागी सत्तागठबन्धन दलका नेता कार्यकर्ता हाँसे। फेरि दाहालले बाबुरामलाई लक्षित गर्दै थपे ‘अहिले त सच्चियो भन्नुभा छ धन्यवाद, बूढीगण्डकी आफैँ बनाउने तिर हामी जाँदैछौँ, त्यो काम अघि बढाउँदैछौँ, तपाईले मलाई बलियो बनाउनु भयो भने त्यो छिटोछिटो जान्छ।’ तपाईंलाई दिइएको सूचना सही थिएन।

भट्टराईले गृहनगर पालुङटारमा आयोजित एक कार्यक्रमका केही समय अघि बूढीगण्डकी आयोजना निर्माणको काम विदेशी कम्पनीलाई दिएर माओवादी अध्यक्ष दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा लगायतले नौ अर्ब भष्ट्राचार गरेको प्रमाण आफू सँग भएको दाबी गरेका थिए। साथै उनले उक्त प्रमाण उचित समयमा पेश गर्ने भनेका थिए। अहिले दाहाल र भट्टराईको एकतापछि उनले लगाएको आरोपमा बारेमा सामाजिक सञ्जालमा चार्चा हुने गरेको छ। चुनाव नजिकिँदै गर्दा सञ्चाजमा चार्च बढेपछि भट्टराईले उक्त विषयमा शनिबार प्रष्ट्रिकरण दिएका हुन्।

 

प्रकाशित मिति: २९ आश्विन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com