काठमाडौं । नेकपा एमालेका नेता तथा भक्तपुर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाको तुलना हुन नसक्ने बताएका छन्।
उनले देउवालाई लक्षित गरेर भेलुबाजे जस्तो प्रधानमन्त्री कहिलेसम्म थेग्ने ? भनेर प्रश्न गरेका छन्। उनले भने, ‘कतिपय टिकटकमा तथा हास्य क्षेत्रका साथीहरूले ओलीको अगाडि देउवा भेलुबाजे जस्तै हुन् सम्म भन्न थालेका छन् । टिकटकमा अहिले चर्चित पात्र भेलु बाजे छन् नि ।’
‘निर्वाचनको दौरानमा सबै उम्मेदवारहरूले मिठा मिठा सपना र योजनाहरू बाँड्छन्। तर, त्यो प्रतिबद्धता पुरा कति भए कि भएनन् भनेर जनताले मूल्याङ्कन गरेका हुन्छन्’ उनको भनाइ छ ।
प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार













प्रतिक्रिया