काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि मंगलवार साँझदेखि बुधवार अपरान्हसम्म १ लाख १३ हजारजना भन्दा बढीले नाम र नम्बर टिपाएका छन् ।

अध्यक्ष ओलीले चुनावका सन्दर्भमा सर्वसाधारणका सुझाव लिन बुधवार साँझ फेसबुकमार्फत आह्वान गर्दै नाम र नम्बर टिपाउन आग्रह गरेका थिए । ओलीको इन्बक्समा १ लाख १३ हजार ४७७ जनाले नाम टिपाइसकेको र यसबाट आफू खुशी भएको बताएका छन् ।

advertisement

धेरै नाम र नम्बर आएकाले ओलीले नाम टिपाउने समय बिहीबार दिउँसो १२ बजेसम्म निर्धारण गरिएको जनाएका छन्।

 

प्रकाशित मिति: २ कार्तिक २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com