काठमाडौं । नेकपा एमालेका नेता तथा भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले ओलीसँग बहस गर्न देउवाको हैसियत नभएको बताएका छन् ।
भक्तपुर आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीसँग बहस गर्न देउवाको हैसियत नभएको बताएका हुन् ।
देश निर्माण र विकासको भिजन केपी ओलीसँग मात्रै भएको उनले बताए। उनले भने, ‘हामीले ओलीलाई आगामी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ। गठबन्धनले सार्न सकेको छैन। ओलीले जनतासँग सिधैं जोडिन टेलिफोेन गर्नुभयो। ओलीले देउवालाई आफूसँग बहस गर्ने हो भनेर सोध्दा बोल्न सकेनन्। ओलीको देश बनाउने भिजनबारे दुई घण्टासम्म निरन्तर बहस गर्न सक्नुहुन्छ। देउवाले दुई मिनेट बोल्न सक्दैनन्। उनको त्यो हैसियत र दृष्टिकोण छैन।’
उनले गएको पाँच बर्ष आफ्नो कार्यकाल सफल भएको दाबी गरे। एमाले नेतृत्वको सरकारले हालेको बजेट काटेर भक्तपुरको विकास रोकेको उनको आरोप छ।
प्रकाशित मिति: ८ कार्तिक २०७९, मंगलबार













प्रतिक्रिया