काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनलाई बलियो बनाए मात्र संविधानको रक्षा हुने बताएका छन् । शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ मा घरदैलो कार्यक्रममा सहभागी उनले यस्तो बताएका हुन् ।

काठमाडौं–१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य पदको उमेदवार छन् । उनी सत्ता गठबन्धनका साझा उमेदवार हुन् । डा. भट्टराई सिंहको सोही घरदैलो कार्यक्रममा सहभागी भएर उनका पक्षमा मत मागे । उनको पार्टी सत्ता गठबन्धनमा आबद्ध छ ।

advertisement

आसन्न निर्वाचनमा गठबन्धनका उमेदवारहरू विजयी भएमा मात्र संविधानको रक्षा र प्रतिगमनकारीलाई रोक्न सकिने डा. भट्टराईको भनाइ छ । उनले सिंह योग्य र स्वच्छ छविको व्यक्ति भएको भन्दै मत दिन आग्रह गरे ।

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com