धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशीको पानी धरान ल्याइने बताएका छन्। कोशीको पानी पम्पिङ गरेर धरान ल्याउने ओलीले बताए।

आज धरानमा आयोजित चुनावी सभामा बोल्दै ओलीले भने, ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा?। कसको घरमा खानेपानी पुर्‍याउने?’

उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने बताए।

‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्,’ ओलीले भने, ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त? हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन।’

उनले मंसिर ४ पछि आयोजना सुरू गरेर काम गर्ने पनि बताएका थिए। ‘त्यत्रो कोशी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ?’ ओलीले भने।

 

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com