काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताले निकटतम प्रतिद्वन्द्वीको घरमा शुक्रबार साँझ ढुंगामुढा गरेका छन्।

एमालेका लिलानाथ श्रेष्ठले सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका विश्वनाथ साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै आफ्नो जित निकालापछिको उन्मादमा एमाले कार्यकर्ताहरूले गोलबजार ४ मा घर भएका साहको घरमा साँझ साढे ६ बजेतिर ढुंगामुढा गरेको माओवादी केन्द्र गोलबजारले जनाएको छ।

advertisement

आफ्ना नेताको घरमा ढुंगामुढा भएको विरोधमा माओवादी केन्द्रले शुक्रबार साँझ साढे ७ बजेदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड टायर बालेर अवरुद्ध गरेको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी राजु केसीले आफू निर्वाचनको मतगणनाको शिलशिलामा गोलबजार बाहिर रहेको जानकारी दिँदै घटनाको विषयमा जानकारी पाए लगत्तै गोलबजार जाँदै गरेको बताए।

सिरहा क्षेत्र नं. ३ बाट एमालेका श्रेष्ठले २८ हजार ६४ मतसहित माओवादी केन्द्रका साहलाई पराजित गरेपछि जितको उन्मादमा साहको घरमा ढुंगामुढा गर्नेविरद्ध कारबाही नभएसम्म अवरुद्ध सडक नखोलिने माओवादी केन्द्र गोलबजारका उमेश बरालले बताए।

 

प्रकाशित मिति: ९ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com