काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभाको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर सिंगो पार्टीमा हलचल ल्याएको छ । हिजो (शुक्रबार) बसेको एमाले सचिवालय बैठकमा ६ घण्टासम्म बादलको उक्त अभिव्यक्तिबारे समीक्षा भएको स्रोतले बतायो ।

सचिवालय बैठकमा नेताहरुले बादलको शैली माओवादीकै रहेको र उनले एमालेलाई बुझ्नै बाँकी रहेको टिप्पणी गरेका थिए । केही नेताहरुले संसदीय दलको नेता फेर्नुपर्ने प्रस्तावसमेत अगाडि सारेको स्रोतको दाबी छ ।

advertisement

‘पार्टी सचिवालय बैठकमा बादलको अभिव्यक्तिलाई लिएर चर्को आलोचना भयो । करिब ६ घण्टासम्म उक्त अभिव्यक्तिबारेमा नेताहरुले आपत्ति जनाउँदै धारणा राखेका थिए । रामबहादुर थापा ले भने आफू संसद्मा सम्बोधन गर्ने क्रममा केही भावुक भएको र त्यसलाई त्यही रुपमा लिन आग्रह गर्नुभएको थियो । तर, नेताहरु बादलसँग कन्भिन्स हुन सक्नुभएको छैन । बादललाई संसदीय दलको नेताबाट हटाउनेसम्मको तयारी सुरु भएको छ,’ स्रोतले भन्यो ।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com