काठमाडौं । महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका ५ का डा.पङ्कज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

उनकी पत्नी औरही-१ की २१ वर्षीया नेहा चौधरीले दायर गरेको दाइजो सम्बन्धी कसुर मुद्दामा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत महोत्तरीका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

गत वर्षको फागुन २५ गते नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो। त्यसको ७ महिनापछि नेहाले गत कात्तिक २५ मा फेसबुकमार्फत दाइजोका नाममा श्रीमान् र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा गरिरहेको बताएकी थिइन्।

पङ्कजले आफूलाई घरमै छाडेको र काठमाडौँमा सँगै राख्न अनुरोध गर्दा दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्।

नेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले श्रीमान् पङ्कज र परिवारका सदस्यविरुद्ध बकपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छन्।

उनका श्रीमान् पङ्कजले भने सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।

 

प्रकाशित मिति: २२ पुस २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com