काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख दलहरूबीचको सहमतिमा पुनः जोड दिएका छन् ।

सत्ता गठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै भट्टराईले लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने भन्दै सांकेतिकरूपमा सामाजिक सञ्जालमा लेखेका छन् ।

advertisement

उनले लेखेका छन्, ”लामो सङ्घर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं ! यो डुङा डुब्दा हामी सबै त डुब्छौँ डुब्छौँ, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ’’, भट्टराईले लेखेका छन्, ‘’कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौं !’’

 

प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com