काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आठ दलीय गठबन्धन नै नहरेको बताएका छन्।

शनिबार राष्‍ट्रपति निर्वाचनको लागि मनोनयन दिन पुगेका एमाले अध्यक्ष ओलीले आठ दलीय गठबन्धन नरहेको बताएका हुन्। एमालेले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ।

advertisement

‘गठबन्धनको निर्णय ८ दलीय गठबन्धन नै छैन। बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरूलाई बोलाइएको थियो। प्रचण्डजीले समर्थन कसरी भन्नुभयो अरूको त्यस्तो कुरा छैन। कँही बिग्रिएको छैन। त्यो २५ गते थाहा पाउनुहुन्छ,’ उनले भने।

कुनै पनि दलले वक्तव्य निकालेर कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय नगरेको भन्दै सुवास नेम्वाङ नै विजयी हुने ओलीले दाबी गरे।

यस्तै उनले पुस १० गते नै सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भइसकेको बताए। त्यसबाट प्रधानमन्त्री प्रचण्ड पछि नहट्ने पनि ओलीले बताए।

‘हाम्रो उम्मेदवार दाउ पेचको होइन। पुस १० गते नै टुंगो लागिसकेको हो। हामीले बाहिर नल्याएका मात्रै हौं। सहमति पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं। वचनबाट कोही पनि पछि हट्न सक्दैन,’ उनले भने।

उम्मेदवार सुवास नेम्वाङले पनि आफू उम्मेदवार बनेकोमा खुशी व्यक्त गरे।

 

प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com