काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् ।

पार्टीको अनुशासन समितिलाई दिएको वयानमा उनले आफूलाई अप्ठ्यारोमा एक्ल्याउने काम भएमा कोर टिमको खुलासा गर्ने चेतावनी दिएका हुन् ।

advertisement

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग सांसद श्रेष्ठले दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनी विवादमा छन् ।

उनलाई पार्टीले निलम्बन गरेर छानविन गरिरहेको छ । रास्वपाका सभापति रवि लामिछानेले भने दोषी पाइएमा आजनै उनलाई कारबाही गर्ने तयारी रहेको बताएका छन् ।

 

प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com