काठमाडौं । अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा बढ्दो झडपका बीच पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलसहित अन्य शहरमा हवाई आक्रमण गरेको छ।

यस कारबाही अफगान फौजले सीमावर्ती क्षेत्रमा रहेको पाकिस्तानी सैन्य चौकीमा आक्रमण गरेपछि गरिएको हो, अल जजीराले जनाएको छ।

अल जजीराका अनुसार, स्थानीय समयअनुसार शुक्रबार राति १:५० बजे काबुलमा पहिलो बम आक्रमण भएको थियो र त्यसपछि दोस्रो हवाई हमला पनि गरिएको थियो।

पहिलो आक्रमणपछि अफगानिस्तानका एन्टी–एयरक्राफ्ट तोपहरूले जवाफी फायरिङ गरेका थिए भने दोस्रो आक्रमणपछि पनि फायरिङ जारी रहेको रिपोर्टमा उल्लेख छ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com