काठमाडौं । सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्द सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका हुन् । उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।
संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । मेयरको निर्देशनपछि ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर संकलन भएको छैन ।
प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार












प्रतिक्रिया