काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले देशमा फेक न्युज र फेक मिडिया पराकाष्ठा रहेको बताएकी छन्।

राणा देशबाहिर गएका खबर केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूमा आएका थिए। त्यसप्रति लक्षित गर्दै प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै राणाले भनिन्, ‘आज म यहाँ उपस्थित भएको सबैले देखिरहनुभएकै होला। म यसपटक के भन्न चाहन्छु भने, हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा नै पुगिसकेको रहेछ।’

आफू सामाजिक सञ्जालमा सक्रिय नहुँदा यस्ता कुरा थाहा नपाएको पनि उनले बताइन्। ‘यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको नियमन हुनुपर्‍यो,’ उनले भनिन्।

उनले आफ्नो नाम लिएर नक्कली भुटानी शरणार्थीसम्बन्धी बनाइएको अडिओको छानबिन हुनुपर्ने बताइन्।

‘मैले ६ दिन अगाडि यस्तै अर्को फेक अडिओ, मेरो नाम लिएर बनाइएको नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताबारे भनेर बनाएको फेक अडिओबारे फरेन्सिक टेष्टका लागि सिआइबी र साइबर क्राइम सेलमा दिएको थिएँ। दर्ता गर्न पनि मानिएको थिएन,’ उनले भनिन्, ‘तीन घन्टा लाग्यो दर्ता गर्न। ६ दिन हुँदा पनि त्यो अडिओ फेक हो कि होइन भनेर किन बताउन सकिएको छैन?’

उनले आफ्नो र अरूको पनि फेक अडिओ बनेको बताएकी छन्। सरकारले अडिओको सत्यतथ्य बाहिर ल्याउनुपर्ने पनि उनले बताइन्।

 

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com