काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारको मुद्दा फैसला हुन नपाउँदै अर्का क्रिकेटर आशिफ शेखलाई बलात्कारको आरोप लागेको छ। एक युवतीले शाशिफलाई बलात्कारको आरोप लगाएकी छिन्।

ति युवती आइतबार दिउँसो बलात्कारको उजुरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेकी थिईन। त्यहाँबाट उनलाई कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले भने महिलाको उजुरी नलिएको स्रोतले वताएको छ।

advertisement

महिला सेलले उजुरीमा रित नपुगेको भन्दै फर्काएपछि पीडितहरु आज रितपूर्वकको उजुरी दिएर जाने तयारीमा छन्।

प्रहरीले भने रितपूर्वक निवेदन आए आशिफमाथि अनुसन्धान हुने जनाएको छ। परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले त्यो विषयमा सामान्य जानकारी पाएको तर निवेदन भने दर्ता नभएको वताएका छन्।

नागरिक न्युज

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com