काठमाडौं । सिरहा जिल्ला अदालतअगाडि बम विस्फोट भएको छ ।
जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको प्रत्यक्षदर्शी पत्रकार अर्जुन थपलियाले बताए । बिस्फोटले फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ ।
अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया