काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कोशी प्रदेशमा नेकपा एमालेसँग पनि सहकार्य गरेर जानुपर्ने राय राखेका छन्।

केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले कोशी प्रदेशमा फरक ढङ्गले सोच्नुपर्ने बताए । ‘कोशीको अहिलेको संवेदनशीलता हेरेर नेकपा एमाले समेतको सरकार बनाएर जान उपयुक्त हुन्छ । यो मेरो राय हो’, महामन्त्री थापाले भने।

आइतबार बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य भीम पराजुलीले पनि राप्रपासँग सहकार्य गरेर सरकार निर्माण गर्नुपर्ने मत राखेका थिए।

कोशीमा काँग्रेस नेतृत्वमा रहेको सरकारलाई अदालतले हटाएपछि एमालेका मुख्यमन्त्री बनेका छन् ।

प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com