काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई युवा संघको तागत ननाप्न चेतावनी दिएका छन् ।

सोमबार दिउँसो जमलस्थित एलोप्यागोडा होटलमा केही व्यक्तिले प्रसाईलाई कालोमोसो दलेका थिए । प्रसाईले आफूलाई एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेको भन्दै कानूनी प्रकृयामा नजाने तर पैंचो तिर्ने चेतावनी दिएका थिए ।

advertisement

प्रसाईको चेतावनी सार्वजनिक भएपछि युवा संघका पूर्वअध्यक्षसमेत रहेका बस्नेतले युवा संघको तागन नपाप्न प्रसाईलाई प्रतिउत्तर दिए ।

‘बैंक तथा वित्तीय संस्थालाई चुनौति दिने, विभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो दल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन् । अब सुध्रिउँ, अरुलाई दोष नलगाउँ । यस्तालाई सरकारले कारबाही गरोस् । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई !’ बस्नेतले भनेका छन् ।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com