काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले नेता महेश बस्नेतलाई कडा चूनौति दिएका छन् । हिजो (सोमबार) काठमाडौंमा दिउँसै मोसो दलिएपछि व्यवसायी प्रसाईं र एमाले नेता बस्नेत सामाजिक सञ्जालमा एक अर्काबीच भिडिरहेका छन् । बस्नेतले युवा संघको तागत ननाप्न प्रसाईलाई चूनौति दिएका थिए ।

बस्नेतले फेशबुकमा लेखेका थिए–”बैक तथा बित्तीय संस्थालाई चुनौति दिने, बिभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ ।यस्तालाई सरकारले कारवाही गरोस । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई ।”

त्यसलगत्तै प्रसाईले पनि आफ्नो फेशुबकमार्फत बस्नेत र उनी समर्थकहरुलाई स्यालको झुण्डको संज्ञा दिँदै आफू बाघ भएकोले मार्न नसक्ने चूनौति दिएका छन् ।

प्रसाईंले फेशबुकमा लेखेका छन्–”बालेनलाई चुनौती दिदा आफ्नो धोती फुस्केको अझै नबिर्सेका बस्नेतले आफ्नो कट्टु फुस्केको थाहै नपाउने भए!!तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्नेछन,तिम्रा स्यालको झुण्डले बाघ मार्न सक्दैन! चेतना भया!!”

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com