काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिक्किम राजा हुँदाहुँदै भारतमा विलय भएको देखाउँदै राजावादीहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्।

४८ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नागरिक सर्वोच्चता छाडेर व्यक्तिको सर्वोच्चता सचेत मानिसले नमान्ने बताए।

advertisement

उनले जन्मँदै राजा हुने प्रथा अन्धविश्वासको पराकाष्ठा भएको टिप्पणी गरे।

‘कसैकसैले राजा भयो भने राष्ट्रियता बलियो हुन्छ भनेको पनि सुनिन्छ,’ अध्यक्ष ओलीले भने, ‘भारतमा लगभग ५ सय ६५ रजौटा थिए। ५ सय ६५ रजौटा कायम हुनुपर्थ्यो नि, ती राज्य कायम हुनुपर्थ्यो नि! राजासहितको स्वतन्त्र देश थियो सिक्किम, राजा त थिए त त्यहाँ? राजा हुँदा देश बँच्दो रहेछ त?’

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com