काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बाँसबारीको सरकारी जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को चौधरी र थापालाई पक्राउ  गरेको थियो।

advertisement

उनीहरुमाथि सिआइबीले ठगी तथा किर्ते कसुरमा अनुसन्धान अघि बढाएको छ।

सोहि प्रकरणमा सिआइबीले बाँसबारी छालाजुता कारखानाका सञ्चालक समितिका अध्यक्ष समेत रहेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ।

प्रकाशित मिति: १८ माघ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com