काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्। आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोल पड्किँदा उनका बडिगार्ड सिपाही आशिष जैसवाल घाइते भएका हुन्। घाइतेलाई एपीएफ अस्‍पताल लगिएको छ। उनको अवस्था सामान्य छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाका अनुसार प्रहरी निरीक्षक श्रेष्ठले ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा गोली पड्किएको हो। ‘इन्स्पेक्टर श्रेष्ठले ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा गोली अड्किएको र उक्त गोली निकाल्ने क्रममा लापरबाहीले उक्त घटना भएको देखिन्छ,’ उनले भने। बडीगार्ड जैसवालको खुट्टामा एक राउन्ड गोली लागेको छ।

advertisement

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन दिइएको छ। इन्स्पेक्टर श्रेष्ठलाई अनुसन्धान गर्न नियन्त्रणमा लिइएको थापाले बताए।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com