काठमाडौं । बाँसबारीको छाला जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिएको छ।
बिहीबार बिहान ७ बजेदेखि सिआइबीले बयान लिइरहेको हो। अब केही बेरमा बयान सकिने सिआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
यसअघि बुधबार सिआइबीले चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेको थियो।
प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार















प्रतिक्रिया