हेटौंडा । हेटौडौं उपमहानगरपालिका -१६ का किसानले लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गराएका छन् ।

आकाशबाट पानीको वर्षाको होस भनेर बुधबार बिहान पण्डितको उपस्थितिमा बाजागाजासहित एक जोडी भ्यागुताको वैदिक परम्परा अनुसार विवाह गराएका हुन्।

इन्द्र भगवाकाे पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर श्रृङगार गरि बेहुला–बेहुली बनाएर विवाह प्रक्रिया पुरा गरिएको स्थानीयले बताए। विवाहमा वडा अध्यक्ष रामकृष्ण कोइराला समेत उपस्थित थिए।

पानी नपर्दा गर्मी र वन डँडेलो बढ्नुका साथै अन्नबाली लगाउन समेत समस्या भएको भन्दै स्थानीयले भ्यागुताको विवाह गराएको वडा अध्यक्ष कोइरालाले जानकारी दिए।

भ्यागुताको विवाहमा करिब ३ सय स्थानिय सहभागी भएका थिए।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com