काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस नेताहरुबीच बालुवाटारमा छलफल जारी छ । संसद्‌को गतिरोध अन्त्यलगायत विषयमा प्रधानमन्त्री र काँग्रेस नेताहरुबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत छलफलमा सहभागी छन् ।

advertisement

काँग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनु पर्ने मागसहित प्रतिनिधिसभा बैठकमा पटक(पटक अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com