काठमाडौँ । विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्य पुनः सञ्चालनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई दिएको समयसीमा सकिन अब २४ घण्टा मात्र बाँकी छ।

राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानलाई कडा चेतावनी दिएका हुन्।

advertisement

उनले इरानले बिनासर्त उक्त जलमार्ग नखोलेमा त्यहाँका ऊर्जा केन्द्रहरू नष्ट गरिदिने धम्की दिएका छन्।

ट्रम्पले मार्च २१ को राति उक्त पोस्ट गरेका थिए।

जसअनुसार इरानलाई यो जलमार्ग खोल्न तेहरान समयअनुसार मार्च २४ बिहान ३:१४ बजेसम्मको समयसीमा दिइएको छ।

यता, इरानले पनि अमेरिकी चेतावनीको कडा प्रतिवाद गरेको छ।

तेहरानले आफूमाथि आक्रमण भए खाडी क्षेत्रमा रहेका अमेरिकासम्बन्धी तेल केन्द्रहरूलाई निसाना बनाउने चेतावनी दिएको छ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com