काठमाडौं । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपको विषयमा स्पष्टीकरण दिन पाउनुपर्ने बताएका छन्।

सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो जवाफ नै नसुनी छानबिन समिति बनाउने कुरा स्वीकार्य नभएको स्पष्ट पारे।

advertisement

‘ममाथि निरन्तर रूपमा उहाँहरू (कांग्रेस)ले आरोप लगाएपछि एकपटक आफ्नाबारेमा उठेका प्रश्नको बारेमा जवाफ दिन पाउनुपर्छ, त्यो मेरो अधिकार हो। कसैले खोसेर खोसिने कुरा होइन। सार्वभौम संसदमा त्यति अधिकार सबैको हुन्छ,’ उनले भने।

प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com