काठमाडौँ । संसद्का दुई ठुला दल काँग्रेस र एमालेको गठबन्धनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ‘काले काले मिलेर खाउँ भाले’ भन्दै कटाक्ष गरेका छन्।

नेपाली काँग्रेस र नेकपा(एमाले)बिच सोमबार मध्यरातमा नयाँ समीकरण बनाउने सहमति भएसँगै मङ्गलवार(आज) बिहान साहले ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका हुन्।

advertisement

उनले कमेन्टमा आफ्नो स्ट्याटसलाई थप प्रष्ट्याउँदै गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा एकपल्टलाई बेच्न दिने विधेयक संसदबाट पास भएको र नेपाल मजदुर किसान पार्टी र काँग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भएको भनेका छन्।

प्रकाशित मिति: १९ असार २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com