काठमाडौं। नेपाली कांग्रेस का नेता चन्द्र भण्डारी ले विगतमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूले स्वेच्छिक रूपमा पद त्याग गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले बहुमतको सरकार गठन हुने क्रममा पुराना नियुक्तिहरूले स्वतः मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन्।

 चन्द्र भण्डारी लेखेका छन्, “बहुमतको सरकार बनिरहेको छ, जनतामा नयाँ उत्साह छ। विगतमा राजनीतिक नियुक्ति पाएकाहरूले पद छोडे उपयुक्त हुन्छ। ‘हटायो’ भन्ने अवस्था आउन नदिनु नै राम्रो हो।”

उनले स्वाभिमानको अर्थ पद, सुविधा वा सरकारी सुरक्षा नभई नैतिक जिम्मेवारीसँग जोडिएको उल्लेख गर्दै नयाँ राजनीतिक संस्कार बसाल्नुपर्नेमा जोड दिएका छन्।

नेता भण्डारीको उक्त अभिव्यक्तिलाई नयाँ सरकार गठनको सन्दर्भमा पुराना राजनीतिक नियुक्तिहरूको निरन्तरतामाथि प्रश्न उठाउने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com