काठमाडौँ । नेकपा एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

बुधबार बसेको सचिवालय बैठकले मन्त्री बन्नेहरूको मापदण्डबारे निर्णय गर्दै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो ।

‘पार्टी अध्यक्ष आफैँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ, कस्तो टिम बनाउने भन्ने उहाँलाई नै बढी थाहा हुने भयो’, सचिव पद्‍मा अर्यालले भनिन्, ‘आफ्नो टिममा काम गर्न योग्य व्यक्तिहरू मन्त्री बन्नु हुन्छ, उहाँले नै छान्नुहुन्छ ।’

मन्त्री छान्न अध्यक्ष ओलीले अरु नेताहरूसँग सुझाव मागेका छन् । तर अहिलेसम्म नेपाली काँग्रेस सहित दलहरूसँग मन्त्रालय संख्या र मन्त्रालयहरू टुंगिएको छैन ।

प्रकाशित मिति: २८ असार २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com