काठमाडौं । चिनियाँ नागरिकको डेराबाट लकर फोडेर १९ लाख लुट्ने चार जना पक्राउ परेका छन्। उनीहरूले काठमाडौंको पेप्सीकोलास्थित घरको तेस्रो तल्लामा बस्दै आएकी ५७ वर्षीय लोज्या ल्यानको कोठाबाट १९ लाख नगद चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

उनीहरूले असोज २२ गते दिउँसो घरबाट चोरी गरेका थिए। पक्राउ पर्नेमा नुवाकोटका २८ वर्षीय मनिष सापकोटा, काभ्रेका २७ वर्षीय धनेष लामा, नुवाकोटका २८ वर्षीय डियुक सापकोटा र नुवाकोटकै २६ वर्षीया श्रीमाया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ।

advertisement

उनीहरूको साथबाट १६ लाख ४९ हजार ७४० रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ। त्यस्तै चोरी गरेको लकर, सोही रकमबाट खरिद गरिएको एनएस २०० मोटरसाइकल र ६ थान मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।

प्रकाशित मिति: २४ आश्विन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com