काठमाडौं – उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलाका क्रममा भागदौड हुँदा मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको छ।

महाकुम्भका डिआइजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै भागदौडका कारण ३० जनाले ज्यान गुमाएको पुष्टि गरे। तीमध्ये २५ जनाको पहिचान भइसकेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार घटनामा परी ६० जना घाइते भएका छन्।

१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म अनुमानित १५ करोड भक्तजनले गंगामा स्नान गरिसकेका छन्। विशेष गरी बुधबारको मौनी अमावस्याका अवसरमा १० करोडभन्दा धेरै श्रद्धालु मेलामा सहभागी हुने अनुमान गरिएको थियो।

तर, मंगलबार राति नै प्रयागराजको संगम क्षेत्रमा अचानक भागदौड मच्चिएको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले ब्यारिकेड हटाएर सडक खुला गरेको थियो।

प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com