काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘भिख’मागेर देश समृद्धि नहुने बताएका छन्।

वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले अन्य देशसँग सहयोगको नाममा भिख मागेर देश समृद्धि नहुने बताएका हुन्।

advertisement

गफ चुट्ने नेताबाट रूपान्तर सम्भव नभएको भन्दै उनले भनेका थिए, ‘विदेशीको भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि हुँदैन। अहिले देशको उत्पादनले २ महिना खान नपुग्ने नेपाल भइसक्यो। यसले विदेशीको एजेन्ट बनाउनतर्फ अग्रसर गराउँछ।’

कम्युनिस्ट नेताहरूमा आवारा प्रवृत्ति हाबी भएको बताउँदै विप्लवले उत्पादन अभियानमा जोडिनुको विकल्प नभएकाे उनकाे भनाइ थियाे।

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com