काठमाडौं । पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञ रोक्न विभिन्न स्थानमा परिपत्र गरेपछि ‘श्री मानव सेवा फाउण्डेसन नेपालले’ उच्च अदालत पोखरामा अन्तरिम आदेश माग गर्दै रिट निवेदन दर्ता गरेको थियो। यसअघि, २०८१ साल फागुन १ गते उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गर्दै कोटिहोम नरोक्न/नरोकाउन आदेश दिएको थियो।

पोखरा महानगरपालिकाले उक्त अन्तरिम आदेश खारेज गरिपाउन पुनः भ्याकेट निवेदन दिएकोमा, आज मिति २०८१ फागुन १९ गते संयुक्त इजलासमा उक्त मुद्दा पेशी चढेपछि न्यायाधीश द्वय श्री दीपेन्द्र अधिकारी र श्री उमेश कोइरालाको इजलासले अदालतको पहिलाको आदेश खारेज गर्नु नपर्ने ठहर गर्दै सोही आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ।

advertisement

अदालतको आदेशसँगै ऐतिहासिक कोटिहोम ज्ञान महायज्ञ तोकिएको मिति, स्थान, र समयमा नै सञ्चालन हुने निश्चित भएको छ। यसअघि, मुद्दाको अध्ययन तथा सुनुवाइका क्रममा पोखरा महानगरपालिका तर्फबाट कानुनी विज्ञ श्री सुकेश्वर गौतम तथा मानव सेवा फाउण्डेसन, नेपाल पोखरा शाखाका तर्फबाट कानुनी विज्ञ श्री अञ्जनाकुमार थापा, श्री कृष्णबहादुर थापा, श्री राजु बस्नेत, श्री दुर्गाप्रसाद कंडारी, श्री दीपक शर्मा पौडेल र श्री तोयानाथ पौडेल बहसमा सामेल भएका थिए।

यस महायज्ञलाई रोक्ने सम्बन्धमा उठाइएको विवादलाई अदालतले निराधार ठहर गर्दै यसअघि जारी अन्तरिम आदेशलाई यथावत् राख्ने निर्णय गरेको हो। यससँगै कोटिहोम महायज्ञलाई कुनै पनि अवरोध नहुने र निर्धारित समयमा नै सञ्चालन हुने निश्चित भएको छ।

कोटिहोम महायज्ञको निरन्तरतासँगै यस धार्मिक तथा सांस्कृतिक महायज्ञमा सहभागी हुन सम्पूर्ण भक्तजनलाई अपिल गरिएको छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com