काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गर्नेहरूलाई कटाक्ष गर्दै प्रश्न उठाएका छन् – ‘कुलमानले बिजुली, चिम वा ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए?’

आज काठमाडौंमा सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुवा’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यो प्रश्न उठाएका हुन्। उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्यमा उल्लेखित ‘प्रमिथस’ पात्रको प्रसंग जोड्दै घिसिङको तुलना त्यससँग गर्नु उपयुक्त नभएको बताए।

advertisement

ओलीले भने- ‘प्रमिथसले स्वर्गबाट आगो ल्याएर पृथ्वीमा उज्यालो दिएका थिए। त्यसबापत उनलाई हजार वर्षसम्म पहाडमा कैद गरियो। तर कुलमानले कहिले बिजुली बोकेर ल्याए? चिम लिएर आए? ट्रान्समिसन लाइन बोकेर आए? उनले नियुक्त भएको पहिलो दिन नै बिजुली बोकेर आए कि चार वर्षसम्म मात्र काम गरे?’

ओलीले अप्रत्यक्ष रूपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै कुलमानलाई पुनः नियुक्त गर्नका लागि हितेन्द्रदेव शाक्यलाई अयोग्य बनाएर हटाइएको आरोप समेत लगाए।

प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com