काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेर स्थानीय निर्वाचन प्रचारमा सक्रिय युवा कार्यकर्ताहरूप्रति स्वागत र प्रेरणा व्यक्त गरेका छन्।

शुक्रबार हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका ओलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। त्यस क्रममा उनले आफूलाई कसैले चुनौती दिन चाहे पनि त्यसलाई स्वागतयोग्य बताएका छन्।

अध्यक्ष ओलीले भने, “युवाहरू निर्वाचनको प्रचारमा लागेका छन् सूर्यलाई जिताउन। सूर्यको जित निश्चित छ। भिड्न आउँछु भन्ने सबैलाई म स्वागत गर्छु। नयाँ हाम्रो भाई, भतिजा, छोराहरूको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नु पर्ने कुरा छैन।”

साथै उनले झापालाई “सूर्यमय बनाउने” प्रयासमा सबै जिल्लाबासीको योगदान आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सक्रिय रहन आग्रह गरे।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com