काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतको आदेशपछि पार्टीभित्र गम्भीर छलफल सुरु भएको छ।

हाल काठमाडौंमा रहेका पार्टीका शीर्ष नेताहरू आपसी परामर्शका लागि आकस्मिक बैठकमा सहभागी भएका छन्। पार्टी सचिवालयका एक वरिष्ठ नेताका अनुसार, उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न तथा आगामी रणनीति तय गर्न बैठक बोलाइएको हो।

advertisement

यसैबीच, रास्वपाले चितवनमा भोलीका लागि तय गरेको ‘जनयात्रा शुभारम्भ’ कार्यक्रम अब अन्योलमा परेको छ। सो कार्यक्रममा सभापति लामिछानेले महत्वपूर्ण सम्बोधन गर्ने तयारी गरेका थिए।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएको हो। न्यायाधीशद्वय रमेश ढकाल र स्विकृती पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रूपन्देहीको पुरानो आदेश उल्ट्याउँदै उनलाई थुनामा पठाउन निर्देशन दिएको हो।

प्रकाशित मिति: २१ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com