काठमाडौँ — जाजरकोटमा शुक्रबार साँझ ३ मिनेटको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दुवै भूकम्पको केन्द्रबिन्दु जाजरकोटको पैंक क्षेत्र आसपासमा रहेको थियो।

पहिलो भूकम्प साँझ ठीक ८ बजेर ७ मिनेटमा गएको हो। उक्त भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड मापन गरिएको छ। त्यसको तीन मिनेटपछि, साँझ ८ बजेर १० मिनेटमा फेरि दोस्रो भूकम्प गएको हो, जसको तीव्रता अझै उच्च, ५.५ म्याग्निच्युड रहेको केन्द्रले जनाएको छ।

advertisement

लगातार दुई पटकको भूकम्पले स्थानीयवासीहरूमा त्रास फैलिएको जनाइएको छ। हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण आइसकेको छैन।

प्रकाशित मिति: २१ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com