काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेश बदर गरी रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि लामिछानेका पूर्वमित्र रास्वपाका संस्थापक महामन्त्री (हाल निष्कासित) डा. मुकुल ढकालको प्रतिक्रिया आएको छ ।

उनले यसअघि धरौटीमा रिहा हुँदा आफूले धेरै खुसी नहुनु भनी सुझाव दिएको स्मरण गराएका छन् ।

advertisement

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ धरौटीमा छोड्दा पटक पटक यो देशमा न्याय जिउँदो छ भनेर अदालतको सम्मान गरेका थिए । मैले त भनेकै थिए, धेरै खुसी नहुनु । तर खुसी भएपछि, कसको के लाग्छ र , बधाई दिए । अब अदालतलाई गाली गर्नुको के तुक रहन्छ र ?  हिजो जसरी अदालतको फैसलाको स्वागत गरिएको थियो, त्यसरी स्वागत गर्ने ।’

उनले अब पार्टी लामिछानेको नभई राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्नेसमेत बताएका छन् ।

प्रकाशित मिति: २१ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com