काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री (हाल निलम्बन) डा. मुकुल ढकालले रवि लामिछानेलाई राजनीतिबाट बिदा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

‘असार १९, २०८१ मा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव- रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ। यो प्रस्तावमा नआई सुख छैन। रवि दाइलाई राजनीतिबाट बिदा गरी राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा लागौँ। यसले दाइलाई पनि सबै कुरा छोडेर मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ,’ ढकालले फेसबूकमा लेखेका छन्।

advertisement

उनले अब पार्टी जोगाउने उपाय भने असारको आफ्नो प्रस्तावमा फर्किनु रहेको पनि बताएका छन्। ‘असारमा भनेको कुरा चैत लाग्दासम्म पनि बुझ्न सकेनौँ भने राजनीति के गर्छौँ ? छोडिदिए हुन्छ। अब पार्टी जोगाउने उपाय भनेको असारको प्रस्तावमा फर्कनु हो। रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने निर्णय गर्नु हो  अनि मात्र नेपाल, नेपाली जनता, विधिको शासन र नैतिक मूल्य-मान्यताको राजनीतीलाई न्याय मिल्छ,’ उनले भनेका छन्।

लामिछानेलाई शुक्रबार (आज) उच्च अदालत तुलसीपुर बुटवल इजालसले थुनामा पठाएको छ। जिल्ला अदालत रुपन्देहीको फैसलाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका लामिछानेलाई थुनामा पठाउने आदेश भएको हो।

यसपछि ढकालले उनलाई राजनीतिबाट बिदा दिएर पार्टी निर्माणमा लाग्ने प्रस्ताव गरेका हुन्।

प्रकाशित मिति: २१ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com