काठमाडौँ — तीनकुने घटनासँग सम्बन्धित आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिर जमानीमा रिहा गर्ने तयारी गरेको हो। क्यान्सर पीडित राणालाई स्वास्थ्य परीक्षण तथा नियमित फलोअपका लागि भारत जानुपर्ने भएकाले यस्तो निर्णय लिइएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार राणाको प्रारम्भिक बयान र अनुसन्धान प्रक्रिया पूरा भइसकेको छ भने आवश्यक परेमा उनीमाथि मुद्दा अघि बढाइनेछ भने हाललाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको हो ।  राणाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै प्रहरीले पनि उनलाई जमानीमा छोड्न सुझाव दिएको थियो। अब छिट्टै उनी रिहा हुने बताइएको छ ।

advertisement

प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com