काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको शैक्षिक तथा पेशागत योग्यतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुन सकेन।

न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा आजका लागि सुनुवाइको मिति तोकिएको थियो। तर, रिट पुनः ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। आइतबार पनि उक्त रिट पेशीमा चढे पनि त्यही सूचीमा परेका कारण सुनुवाइ स्थगित भएको थियो।

वरिष्ठ अधिवक्ता विशाल थापा र अधिवक्ता प्रतिभा उप्रेतीले डा. भट्टको योग्यता गभर्नर नियुक्तिका लागि पर्याप्त नभएको दाबी गर्दै गत शुक्रबार रिट दायर गरेका थिए।

यद्यपि डा. भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन्, उक्त राजीनामा अझै औपचारिक रूपमा स्वीकृत भएको छैन।

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com