काठमाडौँ । नेकपा एमालेका सांसद गोकर्ण विष्टले नेपाली कांग्रेसका नेतातर्फ इङ्गित गर्दै सत्तामा रहेका साथीहरू सत्तामा छन् कि प्रतिपक्षमा भन्ने चिन्न गाह्रो हुने खालको अवस्था पैदा भएको टिप्पणी गरेका छन्। शुक्रवार प्रतिनिधिसभामा बोल्दै नेता विष्टले यस्तो बताएका हुन्।

‘कहिलेकाहीँ यस्तो लाग्छ सत्तामा रहेका साथीहरू सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा चिन्न पनि गाह्रो हुने खालको अवस्था पैदा भएको छ,’ सांसद विष्टले भने, ‘यो प्रकारको अवस्थाबाट हामी माथि उठौँ। गठबन्धन संस्कृतिको विकास गर्ने वातावरण बनाऔँ।’

उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार रहने र जाने कुरा महत्त्वपूर्ण नभएको पनि बताए। उनले भने, ‘यो सरकार अजम्बरी छैन। एक दिन त जान्छ नै।’

उसै पनि १५/१५ महिनापछि त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण हुने तय नै रहेको सांसद विष्टले बताए। ‘तर सरकार गयाे गयो सरकार रह्योरह्योृ भन्ने विवादतिर नलागेर सरकार जति दिन रहन्छ जनता र राष्ट्रमा काम गर्ने कुरा हो,’ उनले भने।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com