काठमाडौं । भारतको काश्मीरस्थित पाहलगाममा भएको आतङ्कवादी आक्रमणमा परी नेपाली युवा सुदीप न्यौपानेको हत्या भएको घटनाको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ।
बुटवल उपमहानगरपालिका–१४ निवासी २७ वर्षीय न्यौपानेको ज्यान गएको घटनापछि नेपाल नागरिक अभियानले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको हो।
प्रदर्शनकारीहरूले आतङ्ककारी आक्रमणको कडा निन्दा गर्दै पाकिस्तानका सैनिक प्रमुख जनरल असीम मुनिरले हिन्दु समुदायविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्तिको पनि विरोध जनाएका थिए।
उनीहरूले शान्तिपूर्ण सभामार्फत नेपाल सरकारलाई घटनाको गम्भीर छानबिन गर्न र दोषीमाथि अन्तर्राष्ट्रिय तहमा कारबाहीको पहल गर्न आह्वान गरेका छन्।
प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार













प्रतिक्रिया