काठमाडौँ । राजधानीका सडकहरूमा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीको बर्दीमा विज्ञापन देखिन थालेको छ। राष्ट्रिय सुरक्षाको परिचायक बर्दीमै निजी कम्पनीको प्रचार यतिबेला सामाजिक सञ्जालदेखि आम नागरिकसम्म व्यापक आलोचना र आक्रोशको लहर छाएको छ।

आइएमई पे (IME Pay) नामक डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको लोगो ट्राफिक प्रहरीको कम्मरमा जडित पकेटबक्समा देखिन्छ । यसले प्रहरीको मर्यादा, गरिमा र निष्पक्षताको गम्भीर उल्लंघन गरेको भन्दै नागरिक स्तरमा कडा आलोचना प्रकट भएको छ।

advertisement

यो विज्ञापन कसले गर्‍यो ?

प्रहरीको शरीरमा प्रचार गराउने ‘आईएमई पे’ कम्पनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका विवादित व्यापारी चन्द्र प्रसाद ढकालको स्वामित्वमा रहेको छ।

मुलुककै एक विवादित ब्यापारीको कम्पनीले सुरक्षाकर्मीको पोशाकलाई व्यापारिक साधन बनाएको देखिनु गम्भीर प्रश्नको विषय बनेको छ।

के प्रहरी अब ‘हिँड्ने विज्ञापन बोर्ड’ बन्ने ?

सामाजिक सञ्जालमा उठेका आवाजहरू कठोर छन्। “अब प्रहरी पनि विज्ञापन बोकेर हिँड्ने हो?”, “राज्यको सुरक्षाका लागि खटिएको सुरक्षा बलमा यस्तो प्रचार के वैधानिक हो?”, “कुन आधारमा वर्दीमै व्यापारिक प्रचार अनुमति दिइयो?” यस्ता प्रश्नहरूले प्रहरी संगठनको गरिमामाथि गम्भीर प्रश्न जन्माएको छ।

यस विषयमा जिज्ञासा् राख्दा नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले गैरजिम्मेवार जवाफ दिएका छन्। महानिरीक्षक थापा भन्छन् – ‘सरकारले दिँदैन मागेर भएपनी बोक्न परिहाल्यो, हामीसँग बजेट छैन्।’ उनले थपे – ‘मैले त हटाउन पनि भन्या छैन्, हटाउ भन्नलाई नयाँ दिनसक्न पर्यो नि’

यदि आज प्रहरीको वर्दीमा बिज्ञापनको लोगो छापिन्छ भने, के भोली सैनिक वर्दी, अस्पतालको डाक्टर कोट वा शिक्षकको पोशाकमा पनि विज्ञापन देखिने हो? भन्दै आलोचकहरूले यस्तो प्रवृत्ति बढे राज्यका अन्य निकायहरू पनि व्यापारिक स्वार्थमा समर्पित हुने चेतावनी दिएका छन्।

यो घटनाले राज्य संयन्त्रको गरिमा जोगाउने विषयमा गम्भीर बहस सुरु गराएको छ।

प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com